चाहिन्न भगवान तिम्रा अप्सराहरु

चाहिन्न भगवान तिम्रा अप्सराहरु
बिन्ती मेरा लागि भुईमा नझार
म त उनीलाई माया गर्छु
बरु बिन्ती उनलाई पर नसार

Add caption
घामको किरणहरुमा
उनको अनुभूति खोज्छु
रातमा जूनताराहरु संग
सधै उनलाई नै सोध्छु
मैले लिने हरेक सासमा
उनकै सुभास रोज्छु
के नै मागु भगवान तिमी संग
बरदान अनि अरु उपहार
उनी मात्र भए पुग्छ मलाई भगवान
बरु बिन्ती उनलाई पर नसार

रगत संगै नशा नशामा
उनको माया दौड़ीन्छ
आँखामा भरिएका पानीहरुमा
उनको तस्बीर पौड़ीन्छ
मुटुको हरेक धड़कन
उनको नाम लिइ गुन्जिंछ
के नै होला र भगवान तिम्रो स्वर्गमा
मेरा खुसीहरु अनि मेरा रहर
धरतीमा उनी संगै छोड़ी देऊ भगवान
बरु बिन्ती उनलाई पर नसार

बिबेक ओझा - डेनमार्क

No comments:

Post a Comment